Downloads   login   About
  Search
   Forum  
   Buy CDs  
   Free Song Downloads  
   Featured Tidings  
   News & Entertainments  
   Remixes  
   Post Your Own Music  
   Artist Image Gallary  
   Live Nepali/Hindi TV  
   View Cart  
     



Artists interested in submitting a demo reel to Voiceofnepal should contact kabir or Dr. DhikChik.

Whether you're an unsigned artist, someone who's been on voiceofnepal before, or an established producer, we would love to hear from you!



PrasannaDhojPradhan.com
news detail
 
     
 

आयातित सामानमा बढी भर पर्ने भएकाले नेपालको

अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिन सकेको छैन । चालु आर्थिक वर्षको १० महिनामा नेपालले १० प्रतिशत थप व्यापार घाटा वेहोरेको छ । अहिले कुल व्यापार घाटा ५ खर्ब ६१ अर्ब रुपैँया पुगेको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको बैशाखसम्म व्यापार घाटा ५ खर्ब ९ अर्ब थियो । व्यापार घाटा कम गराउन सरकारले आयातित वस्तु कम गराउनेतर्फ जोड दिएको थियो । फलस्वरुप, आयात बृद्धिदर क्रमशः घट्दै गइरहेको छ । तर, निर्यात पनि झन् खस्किँदै जान थालेपछि व्यापार घाटा बढेको हो । त्यसमाथि पनि, नेपालबाट निर्यात गरिने वस्तुमा विविधिकरण त छैन नै नेपालमा नै उत्पादन गर्न सकिने कतिपय सामानहरु पनि विदेशबाट नै आयात गर्ने गरिन्छ । भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षमा निर्यात भन्दा आयात ९ गुणा बढी छ । बैशाखसम्ममा ५ खर्ब ८४ अर्बको आयात बढेर ६ खर्ब ३१ अर्ब रुपैँया पुगेको छ । निर्यात भने ७५ अर्बबाट ७० अर्ब रुपैँयामा झरेको छ । नेपालमा नै बनेको सामानहरु भन्दा विदेशी सामानमा नै बढी ग्राहकहरु झुम्मिने भएकाले व्यापारका लागि विदेशी सामान नै ल्याउने गरेको व्यापारीहरु बताउँछन् । साथै, वर्षेनी ठूलो संख्यामा नेपाली युवाहरु विदेश पलायन हुने गरेको तथ्यांक हामीमाझ छ । विदेशबाट कमाएर ल्याएको रकमले मानिसको जिवनस्तर पनि क्रमशः सुधारिँदै गएको अवस्था छ । यो सुधार सँगसँगै मानिसहरुमा आयातित वस्तुमा नै निर्भर रहने प्रवृत्ति बढ्दै जान थालेको देखिन्छ । विभागका प्रवक्ता सूर्य सेढाई व्यापार घाटा बढ्नुको कारण दर्शाउँदै भन्छन्, नेपालीहरु आफू उत्पादन गर्न छोडेर विदेशबाट आयात गरिएका सामान उपभोग गर्न थाले र महँगा तथा विलासी वस्तुहरुको प्रयोगमा बृद्धि हुन थाल्यो । नेपाल एक कृषिप्रधान देश भएर पनि कृषि क्षेत्रलाई उत्पादनमुखी बनाउन नसक्नु अर्को बिडम्बना हो । नेपालमा नै उत्पादित कृषिजन्य वस्तुहरु कति त पर्याप्त छैनन् भने कतिपय उत्पादन आवश्यक बजारको अभावमा खेर जाने गरेका छन् । नेपालमा नै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तुहरुको आयात पनि बढ्दै गएको छ । खेतीयोग्य जमिन पनि बाँझै राखेर सहरतिर काम खोज्दै हिँड्ने प्रवृत्ति बढ्दै गएको छ भने सहरका मलिलो जग्गा सबै घरहरुले भरिएका छन् । सवारी साधन, विद्युतीय सामग्री र ठूला मेसिनरी सामग्रीहरुको उपयोग बढेको छ । कामदार, उर्जाजस्ता आधारभूत आवश्यकतामा नै समस्या भएकाले व्यापारीहरुलाई पनि विदेशबाट आयातित सामान बेच्नु नै सहज हुने गरेको छ । नेपालमा सबैभन्दा बढी आयात पेट्रोलियम पद्धार्थको हुने गरेको छ । सहरमा व्यक्तिगत सवारीसाधन खरिदकर्ताहरुको संख्या वृद्धिसँगै पेट्रोलियम पद्धार्थको माग उच्च हुने गरेको छ । यद्यपी गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोलियम पद्धार्थको आयातमा कमि आएको छ । चालु आवको १० महिनामा १ खर्ब ३ अर्ब रुपैँयाको पेट्रोलियम पद्धार्थ आयात गरिएको छ । गत वर्ष १ खर्ब ११ अर्ब रुपैँया बराबरको पेट्रोलियम पद्धार्थ आयात गरिएको थियो । आयातका हिसाबले फलाम तथा इस्पात दोस्रो नम्बरमा छ, जसको आयात ५२ अर्बबाट बढेर ५४ अर्ब रुपैँया पुगेको छ । त्यस्तै, विद्युतीय मेसिनरी सामग्रीको आयात ३३ अर्ब रुपैँयाबाट बढेर ४६ अर्ब रुपैँया पुगेको छ । त्यस्तै, सवारी साधन ४० अर्ब र खाद्यान्न २१ अर्ब १२ करोड रुपैँयाको आयात भएको छ । २२ अर्ब ८६ करोडको प्लाष्टिकजन्य वस्तु आयात भएको छ भने सुपारी आयात १० अर्बबाट ८ अर्बमा झरेको छ । आयातको तुलनामा निर्यात भने निकै कम छ । निर्यात गरिएका वस्तुहरुमा फलाम तथा इस्पात ६ अर्ब ५० करोड रुपैँया, गलैँचा ५ अर्ब ७४ करोड र तयारी पोसाक ५ अर्ब ४८ करोड बराबरको निर्यात भएको छ । यसैगरी ५ अर्ब ६४ करोडको कफि, चिया र मसला निर्यात भएको छ भने फलफूलजन्य वस्तुको निर्यात ३ अर्ब ७५ करोड बराबरको छ । निर्यातमा कमि आउनाले राजश्वले लक्ष्य छुन सकेको छैन । चालु आवको वैशाखसम्म अपेक्षा गरिएको राजश्वको ६९ प्रतिशत मात्र असुल भएको छ । १ खर्ब ४८ अर्ब लक्षित गरिएकोमा जम्म १ खर्ब ४४ अर्बमात्र हासिल भएको हो । भुकम्पका बेला राहत सामग्रीमा भन्सार छुट गरिएको थियो । त्यसैले राजस्व लक्ष्यअनुरुपको हुन नसकेको प्रवक्ता सेढाई बताउँछन् । भुकम्पका कारण मानिसहरु विलासी बन्दै गएकाले यस वर्ष आयात झनै घट्ने सम्भावना देखिन्छ । एक महिनाभन्दा लामो समयसम्म पनि मानिसहरुले आफ्नो व्यापार सम्हाल्न सकेका छैनन् । उत्पादन कार्यलाई अघि बढाउन सकेका छैनन् । जसले निर्यातलाई झन् घटाउने र आयातलाई बढावा दिन सक्ने देखिन्छ ।    
     
 
   
menu
 
   
BRAND NEW RELEASE

CLICK TO VIEW
BRAND NEW RELEASE